टाउको तात्तिने समस्याले हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यस्ता उपाय

नेपालभ्युज

टाउको तात्तिने समस्याले हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यस्ता उपाय

एजेन्सी। गर्मीमा प्रायः टाउकोमा गर्मी बढ्ने गर्दछ । यस्तो स्थितिमा रिंगटा लाग्ने तथा टाउको दुख्ने जस्ता समस्याहरू हुन सक्छ । त्यसैले गर्मीमा टाउकोलाई शितल वा चिसो राख्नका लागि गरिने घरेलु उपायहरुका बारेमा जानौं ।

बरफ
बरफको टुक्राले पनि टाउको तातिएको समस्याबाट छुट्कारा पाउन सकिन्छ । यसका लागि बरफको टुक्रालाई कुनै सुतीको कपडामा लपेटेर टाउकोमा राख्नुहोस् । यसले टाउको चिसो हुनुका साथै टाउकोको गर्मी पनि कम हुन्छ ।
चिसो पानी

टाउको गर्मी कम गर्नका लागि तपाईंले चिसो पानी नुहाउन सक्नुहुन्छ । यसले टाउको सितल हुनुका साथै दिमाग पनि शान्त रहन्छ । पसिना आइरहेको बेला तुरुन्तै चिसो पानीले नुहाउनबाट बच्नुपर्छ ।

आराम गर्ने
यदी तपाईं टाउको गर्मीले हैरान हुनुहुन्छ भने यस्तो स्थितिमा केहीबेर आराम गर्नु फाइदाजनक हुन्छ । केहीबेर आँखा चिम्लिएर गरिने आरामले पनि टाउको दुख्ने तथा तातिने समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

चिसो पानीमा खुट्टा राख्ने
खुट्टालाई चिसो पानीमा डुबाएर केहीबेर राख्ने गरेमा शरीर र तथा टाउकोबाट गर्मी कम हुन्छ । यसले शरीरको तापमान पनि कम हुन्छ जसले गर्दा मानसिक थकानबाट छुट्कारा पाइन्छ ।

पानी पिउने
प्रसस्त मात्रामा पानी पिउने गरेमा शरीरको तापमानलाई सामान्य राख्न सकिन्छ । यसले टाउको दुख्ने वा तातिने समस्या पनि कम हुन्छ । त्यसले दिनभरमा प्रसस्त मात्रामा पानी पिउनु पर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved