एसियाडका लागि कराते खेलाडी छनोट

नेपालभ्युज

एसियाडका लागि कराते खेलाडी छनोट

काठमाडौं। चीनको हाङ्झोउमा आयोजना हुने १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)का लागि करातेको अन्तिम छनोट सम्पन्न भएको छ । आगामी एसियाली खेलकुदका लागि करातेबाट आठजना खेलाडी छनोट भएका हुन् । छनोट प्रतियोगिता जेठ १६ र १७ गते भएको थियो ।

करातेका प्रशिक्षक कुशल श्रेष्ठका अनुसार, महिला ६८ केजीभन्दा माथिको तौलसमूहमा एरिका गुरुङ एसियाडका लागि छनोट भएकी छन् । महिला ६१ केजीभन्दा मुनिको तौलसमूहमा निरुपा तामाङ छनोट भएकी छन् ।

यसैगरी, महिला ५०—५५ केजी तौलसमूहका लागि सविना श्रेष्ठ छनोट भएकी छन् । महिला एकल काताका लागि एलिशा रास्तकोटी छनोट भएको जानकारी प्रशिक्षक श्रेष्ठले दिए । पुरुष ६७ केजीभन्दा मुनिको तौलसमूहमा सन्तोष श्रेष्ठ छनोट भएका छन् ।

यसैगरी, पुरुष ७५ केजीभन्दा मुनिको तौलसमूहमा मोहम्मद सेख छनोट भएका छन् । पुरुष ८४ केजीभन्दा माथिको तौलसमूहमा विप्लव श्रेष्ठले एसियाडमा स्थान बनाएका छन् । पुरुष एकल कातामा स्वर्णिम मानन्धर छनोट भएका छन् । १९औं एसियाली खेलकुद आगामी सेप्टेम्बर २३ तारिखदेखि सुरु हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved