अस्पतालहरूमा बेडहरू के-कति छन् भन्ने जानकारी वेबसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन

नेपालभ्युज

अस्पतालहरूमा बेडहरू के-कति छन् भन्ने जानकारी वेबसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरुमा शैय्या उपलब्धताको स्थिति वेबसाइटमा राखेर सार्वजनिक गर्न निर्देशन दिएका छन् ।

बुधबार काठमाडौं महानगरपालिकाले विश्व धुम्रपानरहित दिवस २०८० को अवसरमा आयोजना गरेको सुर्तिजन्य पदार्थ नियन्त्रण नियमन ऐन कार्यान्वयनमा स्थानीय सरकारको भूमिका विषयक कार्यक्रमा बोल्दै मन्त्री बस्नेतले यसबारे जानकारी दिएका हुन् ।

उनले अस्पतालहरूमा आईसीयू, इमर्जेन्सी वा सीसीयू बेडहरू के–कति छन् र कति खालि छन् भन्ने कुराको जानकारी वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएको उल्लेख गर्दै  काम सुरु भइसकेको बताए।

त्यस्तै, ओपिडि टिकट अनलाइनमार्फत पनि लिन सकिने उनले बताए । मन्त्री बस्नेतले  वीर अस्पतालले चाँडै नै आफ्नो सेवा वृद्धि गर्ने पनि जानकारी गराए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved