बागमती प्रदेशसभाद्वारा भारतको अखण्ड नक्साविरुद्ध संकल्प प्रस्ताव स्वीकृत

नेपालभ्युज

बागमती प्रदेशसभाद्वारा भारतको अखण्ड नक्साविरुद्ध संकल्प प्रस्ताव स्वीकृत

मकवानपुर। बागमती प्रदेशसभाले भारतले भर्खरै जारी गरेको अखण्ड नक्साविरुद्ध संकल्प प्रस्ताव स्वीकृतस्वीकृत गरेको छ । केही ढिला सुरु भएको बैठकले नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक मधुसुदन पौडेलले पेश गरेको संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।

प्रमुख सचेतक पौडेलले प्रदेशसभा नियमावली २०७४ को परिच्छेद १३ बमोजिम संकल्प प्रस्ताव पेश गरेका थिए । उनले पेश गरेको संकल्प प्रस्ताव पेश गर्नका लागि प्रदेशसभा नियमावलीको नियम निलम्बन गरिएको थियो । सत्तारुढ दल नेकपा माओवादी केन्द्र बागमती प्रदेशका मुख्य सचेतक रत्नप्रसाद ढकालले प्रदेशसभा नियमावली २०७४ को नियम २११ को उपनियम (१) बमोजिम नियम निलम्बन गरेका थिए ।

नियम निलम्बन पश्चात् प्रमुख सचेतक पौडेलले भारतले संसद् भवनमा राखेको भारतको नक्सामा नेपालको भूमि समेत समावेश गरेको विरोधमा संकल्प प्रस्ताव पेश गरेका थिए । पौडेलले पेश गरेको उक्त प्रस्तावमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलले समर्थन गरेका थिए ।

संकल्प प्रस्ताव स्वीकृत गरेसँगै प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved