प्रधानमन्त्री प्रचण्डको स्वागतका लागि नेपाली दूतावास चिटिक्क (तस्वीरहरू)

प्रधानमन्त्री प्रचण्डको स्वागतका लागि नेपाली दूतावास चिटिक्क (तस्वीरहरू)

नयाँदिल्ली। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणलाई लिएर भारतमा रहेका नेपाली उत्साही देखिएका छन् । दिल्ली बाहिर रहेका प्रवासी नेपालीसमेत दिल्ली आउँदैछन्।

प्रधानमन्त्री दाहालको स्वागतका लागि दिल्लीमा रहेका केही नेपाली विमानस्थल समेत जानेछन्।

प्रधानमन्त्रीकै स्वागतको लागि दिल्लीस्थित नेपाली दूतावासको बाहिरी क्षेत्रको सरसफाइ गरिएको छ। आज साँझ दूतावासले रात्रिभोज आयोजना गरेको छ। त्यसको तयारी समेत पूरा भएको छ। दिन साँझ प्रधानमन्त्रीको सम्मानमा नेपाली दूतावासमा रात्रिभोज राखिएको छ । दूतावासमा भारतका विशिष्ट पाहुनाहरूसँगै दिल्लीमा रहेका नेपालीहरूको उपस्थिति रहनेछ ।

प्रधानमन्त्री प्रचण्ड आज दिउँसो भारत भ्रमणमा आउँदै छन् ।

तस्वीरहरू :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved