काठमाडौंको नयाँ बजारस्थित इलिप्स स्कुलको छात्रावासमा बालक झुन्डिएको अवस्थामा फेला, स्कुल तनावग्रस्त

नेपालभ्युज

काठमाडौंको नयाँ बजारस्थित इलिप्स स्कुलको छात्रावासमा बालक झुन्डिएको अवस्थामा फेला, स्कुल तनावग्रस्त

काठमाडौं। काठमाडौंको नयाँ बजारस्थित एक विद्यालयको छात्रावासमा १३ वर्षीय बालक झुन्डिएको अवस्थामा फेला परेका छन् । नयाँ बजारस्थित इलिफ्स स्कुलमा कक्षा ५ मा अध्ययनरत अभिषेक तामाङ सोही विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

धादिङ घर भएका कक्षा ५ मा अध्ययनरत विद्यार्थी मृत फेला परेका हुन् । उनी आफू बस्ने कोठा भित्रै झुण्डिएको अवस्थामा गएराति मृत फेला परेको लैनचौर प्रहरीले जनाएको छ ।

उनको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । मृत्युको कारण खुलिसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आफूहरू घटनास्थल आउनुअघि नै पोस्ट मार्टमका लागि शव अस्पताल लगेको भन्दै बालकका आफन्तले विरोध प्रदर्शन गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved