स्टार म्युजिक भिडियो अवार्ड क्यानाडामा सम्पन्न

नेपालभ्युज

स्टार म्युजिक भिडियो अवार्ड क्यानाडामा सम्पन्न

काठमाडौं। ग्रेट नटराज फिल्म्स प्रा.लिले आयोजना गरेको स्टार म्युजिक भिडियो अवार्ड क्यानाडामा सम्पन्न भएको छ । आयोजक प्रशान्त कुमार आग्री, मदन गजमेरका अनुसार स्टार म्युजिक भिडियो अवार्डको दोस्रो संस्करण क्यानाडामा सम्पन्न गर्नुले ठूलो अर्थ राखेको  छ । यसले नेपाली सांगीतिक र कलाकारिता क्षेत्रमा थप टेवा पुगेको उनीहरूले बताएका छन । ठूलो समूहमा गएका कलाकारहरूको सांगीतिक प्रस्तुतिले  थप मनाेरञ्जन थपेको थियो।

ख्यातिप्राप्त कलाकारहरूको बेजोड प्रस्तुतिसहित सम्पन्न भएको उक्त कार्यक्रम बिदेशमा हुने अवार्ड कार्यक्रमहरू मध्येकै उत्कृष्ट रहेको सहभागीहरूले बताएका छन्। गायिका टिका पुन, निर्देशक गन्भिर विष्ट, मोडल सुधिर श्रेष्ठ, कोरियोग्राफअर नविनराज गहतराज,निर्देशक उज्ज्वल केसी तथा टप ५ मा पर्न सफल कलाकारहरुको बेजोड प्रस्तुतिसहित कार्यक्रम सम्पन्न भएको हो ।

टप ५ मा पर्न सफल प्रतिस्पर्धीहरूमध्येबाट गम्भीर विष्ट- सर्वोत्कृष्ट निर्देशक- चस्मा, स्‍मृति शाही, सर्वोत्कृष्ट गायिका – रेलको बाटो, शुलभ थापा- सर्वोत्कृष्ट निर्देशक- दाइको साली, सुरेन बस्याल-सुतारी, नवीन निरौला- सर्वोत्कृष्ट भिडियो सम्पादक- छुनु मुनु, मान सिंह खडका- सर्वोत्कृष्ट गायक- प्यारो मान्छे, सुस्मा अधिकारी- सर्वोत्कृष्ट मोडल – साथमा, सुधीर श्रेष्ठ-सर्वोत्कृष्ट मोडल- माया बस्ला बस्ला, खेम ओली- सर्वोत्कृष्ट गायक- बेलाको पात, रोशन श्रेष्ठ- सर्वोत्कृष्ट मोडल- लाहुरे सिपाही, हेरुका लामा- सर्वोत्कृष्ट कोरियोग्राफर- चम चम, प्रकाश श्रेष्ठ- सर्वोत्कृष्ट मोडल- मेरो जीवन तिमी हौ, मनोज विक – सर्वोत्कृष्ट कोरियोग्राफर – जाले रुमाल, अनिल थापा सर्वोत्कृष्ट मोडल, प्रेम कुमार भारती – सर्वोत्कृष्ट गायक- पिरतिको खेती, वसन्ता राई -बेबी वसन्त सिङगर, रोशन केसी -मोडल – जुम्ला, दिवस बिसी- सर्वोत्कृष्ट मोडल- नीलो पटुकी, ध्रुव पुन मगर – सल्लेरीना सालले अवार्ड हात पारे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved