समर्थन फिर्ता लिँदै कोशी सरकारबाट बाहिरियो जसपा

नेपालभ्युज

विराटनगर । कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । उसले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ ।

वर्तमान सरकारले निकास दिन नसकेकाले जसपा बाहिरिएको जसपा नेता रकम चेमजोङले बताए । “समस्या समाधान गर्नेभन्दा बढी बल्झाउने काम गर्‍यो योसरकारले । नामकरणमा पनि उत्तिकै समस्या ल्यायो, त्यसैले यसमा बसिरहन सकिएन,” उनले भनेका छन् ।

जसपाबाट निर्मला लिम्बू सरकारमा थिइन् । उनी सरकारमा स्वास्थ्यमन्त्रीका रूपमा थिइन् । जसपाले बाहिरिने निर्णय गरेसँगै लिम्बू बाहिरिएकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved