विश्वकप छनोट तयारीको लागि राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिकातर्फ, सन्दीप लामिछाने नेपालमै

नेपालभ्युज

विश्वकप छनोट तयारीको लागि राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिकातर्फ, सन्दीप लामिछाने नेपालमै

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्वकप छनोटको तयारीको लागि दक्षिण अफ्रिका उडेको छ। बुधबार नेपाल क्रिकेट संघ क्यानले टोली मङ्गलबार राति दक्षिण अफ्रिका उडेको जानकारी गराएको हो। बलात्कारको मुद्दाको फैसला पर्खिरहेका लेग स्पिनर सन्दीप लामिछाने भने दक्षिण अफ्रिका गएका छैनन्।

असार ३ गते जिम्बाब्वेमा सुरु हुने विश्वकप छनोटमा सहभागी हुन अगाडि नेपाली टोली दक्षिण अफ्रिका गएको हो। छनोटअगाडि आफ्नो क्षमता अभिवृद्धि गर्न र रणनैतिक पक्षले बलियो हुन नेपालले ४ खेल खेल्ने क्यानले उल्लेख गरेको छ।

छनोटअगाडि हुने अभ्यासले नेपाली टोलीले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रदर्शन दर्शाउन मद्दत पुर्‍याउने क्यानले जनाएको छ। नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्ने तालिका रहेको छ। नेपाली टोली दक्षिण अफ्रिकामा अभ्यासपश्चात छनोटमा सहभागी हुन जिम्बाब्वे जाने छ।

छनोटमा नेपाल वेस्ट इन्डिज, जिम्बाब्वे, नेदरल्यान्ड्स, र अमेरिकासँगै समूह ‘ए’ मा रहेको छ। नेपालले असार ३ मा आफ्नो पहिलो खेल जिम्बाब्वेसँग खेल्ने छ। असार ५ मा अमेरिका र असार ७ मा नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ। असार ९ मा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।

समूह ‘बी’मा भने आयरल्यान्ड, स्कटल्यान्ड, ओमान, यूएई र श्रीलंका रहेका छन्। दुवै समूहको शीर्ष ३ टोली सुपर सिक्समा पुग्नेछ। सुपर सिक्सको शीर्ष २ टोलीले भारतमा आयोजना हुने आईसीसी विश्वकप एकदिवसीय छनोटमा स्थान पक्का गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved