साबुदानाको खिर खाँदा पेटलाई हुने फाइदा

नेपालभ्युज

साबुदानाको खिर खाँदा पेटलाई हुने फाइदा

एजेन्सी । गर्मीमा पेटसँग जोडिएका समस्याहरु बढ्न थाल्छन् जसका लागि साबुदानाबाट बनेको खिर फाइदाजनक हुन सक्छ । यसमा क्यालोरीमा पनि कम हुन्छ र पाचनका लागि पनि सजिलो हुन्छ । यसले पेटका लागि  फाइदा गर्दछ ।

गर्मीमा हुने वाकवाकी आदि समस्यामा साबुदानाको सेवन एदकमै फाइदाजनक हुन्छ । साबुदानामा कैयौं त्यस्ता औषधीय गुणहरु पाइन्छन्, जो पेटमा भएको इन्फेक्शनले हुने वाकवाकी तथा बान्ताको समस्याबाट छुट्कारा दिन्छ । साबुदानाको दलिया बनाएर खान फाइदाजनक हुन्छ ।

त्यस्तै गर्मीमा कैयौं व्यक्तिलाई पेट खराब हुने समस्या हुन्छ त्यस्तो बेला पनि साबुदानाको खिचडी राम्रो मानिन्छ । पातलो दिसा वा पखाला लागेको बेला शरीर एकदमै कमजोर महसुस गर्दछ र शरीरमा ऊर्जा पनि कम हुन्छ । त्यस्तोमा साबुदानाको खिचडी बनाएर खान सकिन्छ । यसले शरीरलाई डिहाइड्रेशन हुनबाट पनि जोगाउँछ ।

यदी तपाईंलाई बिहानको समयमा केही खाँदा एसिडिटीको समस्या हुने गर्दछ भने पनि साबुदानालाई नास्तामा खान सकिन्छ । यो पचाउन पनि सजिलो हुन्छ र यसले एसिडिटीको समस्यालाई पनि कम गर्दछ । गर्मीमा मसालादार खानेकुराहरुले पेटमा अपच, एसिडिटी आदि समस्या भइरहेको हुन्छ । त्यसैले आफ्नो दैनिक खानपानमा साबुदानालाई समावेश गर्न सकिन्छ । यो सम्पूर्ण शरीरका लागि फाइदाजनक हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved