बजेटले सेयर बजारमा थपेन उत्साह, भोलिपल्टै दोहोरो अंकले घट्यो नेप्से

नेपालभ्युज

बजेटले सेयर बजारमा थपेन उत्साह, भोलिपल्टै दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं। बजेट भाषणको भोलिपल्ट मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ। मंगलबार नेपाल स्टक एक्सचेञ्जको बजार परिसूचक ५३.१६ अंक घटेर बजार बन्द भएको छ ।

मंगलबार १८८८.६१ विन्दुमा झरेको बजारमा २०७ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा ९ वटा कम्पनीको मात्रै सेयर मूल्य बढ्यो ।

मंगलबार कारोबार रकम २ अर्ब ३० करोड नाघेको छ । ७० लाख ७४ हजार कित्ता सेयर ४० हजार ६३४ पटक खरिदबिक्री हुँदा २ अर्ब ३४ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ ।

आज बजार परिसूचक राताम्य भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved