अस्ट्रियाको अस्पतालमा आगलागी, आगो निभाउन १७० वटा दमकल र ३३ वटा अन्य सवारी साधन प्रयोग

नेपालभ्युज

अस्ट्रियाको अस्पतालमा आगलागी, आगो निभाउन १७० वटा दमकल र ३३ वटा अन्य सवारी साधन प्रयोग

एजेन्सी। अस्ट्रियाको एक अस्पतालमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । राजधानी भिएनाबाट १४ किलोमिटर टाढा रहेको मोडलिङस्थित अस्पतालमा आगो लाग्दा उक्त हताहती भएको हो ।

लाग्नुको कारण अझै नखुलेको उल्लेख गर्दै अस्पतालका प्रवक्ताले एक सय ७० वटा दमकल र ३३ वटा आगो निभाउने सवारी साधन प्रयाग गरेर दुई घण्टाको लामो प्रयत्नपछि आगो निभाइएको बताए ।

यो घटना स्थानीय समयअनुसार सोमबार बिहान एक बजेको हो । घाइतेहरूलाई अन्य स्वास्थ्य संस्थामा सारिएको जनाए पनि ती प्रवक्ताले कति जना घाइते भएका थिए भन्ने बारेमा केही उल्लेख गरेका छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved