महाेत्तरीको एनएमबि बैंकमा लुटपाट

महाेत्तरीको एनएमबि बैंकमा लुटपाट

महाेत्तरी। महाेत्तरीमा आज दिउँसो एनएमबि बैंकमा लुटपाट भएको छ।

आज दिनकाे करिब १२:२० बजे महोत्तरी गाउँपालिका वडा नं. २ महोत्तरी बजारमास्थित एनएमबि बैंकमा लुटपाट भएको प्रहरीले जनाएको छ। बैंकमा ४ जना अपरिचित व्यक्तिहरूले लुटपाट गरी फरार भएका हुन्।

बजारमा रहेका प्रत्यक्षदर्शी पसलेहरूका अनुसार मोटरसाइकलले दुईजना पर्सातिर र दुईजना प्रकौलीतिर भागेका थिए । बैंकबाट लगभग ७०० मिटरको दूरीमा प्रहरी चौकी रहेको छ।

जिल्ला प्रहरी कार्यालय महाेत्तरीका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो । उनीहरूले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved