आईपीएलको उपाधि चेन्नईले जित्यो, गुजरात ५ विकेटले पराजित

नेपालभ्युज

आईपीएलको उपाधि चेन्नईले जित्यो,   गुजरात ५ विकेटले पराजित

एजेन्सी। इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधि चेन्नई सुपर किंग्सले जितेको छ ।

गएराती अहमदावादमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै चेन्नइ पाँचौँ पटक च्याम्पियन बनेको हो । चेन्नईले मुम्बई इन्डियन्ससँग सर्वाधिक पाँच उपाधि जित्ने कीर्तिमान बराबर गरेको छ ।

डकवर्थ लेविस पद्धतिको आधारमा  जितको लागि १५ ओभरमा १ सय ७१ रनको विशाल विजयी लक्ष्य पछ्याएको चेन्नईले ५ विकेट गुमाउँदै अन्तिम बलमा लक्ष्य पूरा गर्यो ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १४ रन बनाएको थियो । गुजरातका साई सुदर्शनले ४७ बलमा ८ चौका र ६ छक्कासहित सर्वाधिक ९६ रनको सानदार इनिङ खेलेपनि उपाधि जिताउन सकेनन् ।

चेन्नईले यसअघि २०१०, २०११, २०१८ र २०२१ मा उपाधि जितेको थियो । पहिलोपटक आईपीएल खेलेको गुजरात अघिल्लो वर्ष पहिलो प्रयासमै च्याम्पियन बनेको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved