कपाल चम्किलो पार्न यसरी लगाउनुहोस् चियापत्ती

नेपालभ्युज

कपाल चम्किलो पार्न यसरी लगाउनुहोस् चियापत्ती

एजेन्सी। एन्टीअक्सीडेन्टले भरिपूर्ण चियापत्ती तपाईंको कपालका लागि पनि फाइदाजनक हुन्छ । त्यसैले केही सजिलो तरिकाले चियापत्ती कपालमा लगाउँदा तपाईंको कपाल बलियो तथा चम्किलो बनाउन सकिन्छ ।

कपालमा यदी चायाँको समस्या छ भने चियापत्तीको प्रयोग गर्न सकिन्छ । त्यसका लागि दुई गिलास पानीमा दुई चम्चा चियापत्ती र तुलसीको पात राखेर उमाल्नुहोस् । पानी कम भएपछि कागती मिसाएर टाउकोमा मसाज गर्दै लगाउनुहोस् ।

चियापत्तीको पानीले कपाल धुने गर्दा पनि कपाल बलियो, बाक्लो र कालो बनाउन सकिन्छ । त्यसैले दुई गिलास पानीमा २–४ चम्चा चियापत्ती मिसाउनुहोस् । पानी उमालिसकेपछि चियापत्ती छानेर उक्त पानीले कपाल धुनुहोस् ।

चियापत्तीमा एलोबेरा मिसाएर लगाउँदा पनि कपालका लागि एकदमै फाइदा हुन्छ । त्यसका लागि एक गिलास पानीमा दुई चम्चा चियापत्ती राखेर उमाल्नुहोस् । उक्त पानीलाई छानेर चिसो भएपछि एलोवेरा जेल मिसाएर आफ्नो कपालको जरामा लगाएर आधा घण्टा छोड्नुहोस् । यसले कपाल मुलायम हुन्छ ।

त्यस्तै मेहेन्दी र चियापत्तीको मिश्रण पनि कपालका लागि राम्रो सावित हुन सक्छ । त्यसका लागि तपाईंले प्राकृतिक मेहेन्दी पाउडरलाई चियापत्तीको पानीमा ३ घण्टा भिजाउनुहोस् । अब उक्त मेहेन्दी पूरै कपाल तथा जरामा लगाउनुहोस् । यसले कपालको रंग सुन्दर हुनुका साथ कपालसम्बन्धी विभिन्न समस्याहरूबाट छुट्कारा पाइन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved