खाली पेट सोंफ चिया पिउनुका फाइदा

नेपालभ्युज

खाली पेट सोंफ चिया पिउनुका फाइदा

एजेन्सी । रंगमा पहेंलो र स्वादमा मिठो सोंफको चिया कैयौं पोषक तत्वहरुले भरिपूर्ण हुन्छ । त्यसैले सोंफको चिया खाली पेट सेवन गरेमा स्वास्थ्यलाई एकदमै धेरै फाइदा हुन्छ ।

सोंफको चिया बनाउनका लागि एक गिलास पानीमा एक चम्चा सोंफका बीजहरु राखेर उमाल्ने । स्वादका लागि पुदिनाको पात पनि राख्न सकिन्छ । पानी कम हुने र रंग बदलिने भएपछि छानेर मह मिलाएर पिउन सकिन्छ ।

पोटाशियम, भिटामिन तथा आइरनले भरिपूर्ण सोंफको चियाको सेवनले महिनावारीको बेला पनि फाइदा गर्छ । त्यसैले खाली पेट सोंफको चिया पिउँदा महिनावारीमा हुने दुखाईबाट छुट्कारा पाउन सकिन्छ ।

त्यस्तै तौल कम गर्नका लागि पनि यो चिया एकदमै प्रभावकारी छ । यसलाई नियमित पिउने गरेमा तौल कम हुनुका साथै शरीरको मेटाबोलिज्म पनि बलियो हुन्छ ।

मधुमेहका विरामीहरुलाई पनि यो चिया एकदमै फाइदाजनक छ । यसमा ग्लाइसेमिक नामक तत्व एकदमै कम हुन्छ । त्यसैले खाली पेट सोंफ चिया पिउँदा रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्न सकिन्छ ।

खाली पेट सोंफको चिया पिउनु तपाईंको आँखाको लागि पनि लाभदायक हुन्छ । सोंफमा भिटामिन ए पाइन्छ त्यसैले यसले आँखाको रोशनी बढाउन सहयोग गर्दछ ।

यसैगरी पाचनका लागि पनि सोंफ चिया एकदमै राम्रो सावित हुन्छ । यसले पाचन प्रक्रियालाई राम्रो बनाएर पेट सफा राख्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved