सुत्नुअघि यस्तो काम गर्नु लाभदायक

नेपालभ्युज

सुत्नुअघि यस्तो काम गर्नु लाभदायक

एजेन्सी । ज्योतिषशास्त्रअनुसार तपाईंको भाग्यले तपाईंको साथ दिइरहेको छैन भने रातमा सुत्नुअघि केही कार्यहरु गर्न सक्नुहुन्छ । जुन कार्य गरेर तपाईं आफ्नो भाग्यमा चमत्कारहरु देख्न सक्नुहुनेछ । ज्योतिषशास्त्रअनुसार भाग्य चम्काउनका लागि रातमा सुत्नुअघि गर्ने कार्यहरु यस प्रकार छन्

  •  सुत्ने बेला खुट्टालाई ढोकातिर पारेर सुत्नुहुँदैन । यसो गरेमा स्वास्थ्य तथा समृद्धिमा हानी हुन सक्छ । त्यसैले खुट्टालाई अर्को दिशातिर गरेर सुत्नुहोस् ।
  • ज्योतिषशास्त्रअनुसार भाग्य चम्काउनका लागि रातमा सुत्नुअघि दैनिक इष्टदेवको ध्यान गर्नुपर्दछ । यसो गरेमा सुतेको भाग्य पनि जाग्छ र धन लाभ हुन्छ भन्ने मान्यता रहेको छ ।
  •  तपाईं सधैं सुत्नका लागि आफूलाई मन पर्ने ओछ्यान कै छनोट गर्नुहोस् । आफूलाई मन पर्ने ओछ्यानमा सुत्दा मन तथा दिमाग शान्त रहन्छ । जसले गर्दा निद्रा पनि राम्रो लाग्छ ।
  •  त्यस्तै रातमा सुत्नुअघि कपुरलाई जलाएर सुत्नुहोस् । यसले कोठामा सकारात्मक ऊर्जा आउनुका साथै मानसिक शान्ति पनि प्राप्त हुन्छ ।
  •  कहिल्यै पनि खुट्टा नधोएर वा जुठो मुखमा सुत्नुहुँदैन । त्यसैले सुत्नुअघि पानी पिउनुहोस् । साथमा हातखुट्टा पनि धुने गर्नुहोस् ।
  •  तपाईं सुत्ने खाटलाई पनि जाँच गर्नुहोस् । त्यो कतैबाट फुटेको हुनु हुँदैन । यसले नकारात्मक ऊर्जालाई बढाउने गर्दछ ।
  • रातमा सुत्नुअघि जहिले पनि जुठो भाँडा नराख्नुहोस् । जुठो भाँडा छोड्ने गरेमा माता लक्ष्मी रिसाउँछिन् भन्ने मान्यता छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved