फुटसल कपको उपाधि ललितपुर च्याप्टरलाई

नेपालभ्युज

फुटसल कपको उपाधि ललितपुर च्याप्टरलाई

काठमाडौं । नेपाली युवा उद्यामी मञ्चले आयोजना गरेको फुटसल कपको उपाधि ललितपुर च्याप्टरले जितेको छ ।

काठमाडौंको रातोपुलस्थित भिलोसिटी एरिनामा भएको फाइनल खेलमा काठमाडौं च्याप्टरलाई ३–१ गोल अन्तरले हराउँदै ललितपुरले उपाधि उचालेको हो ।

ललितपुर च्याप्टरको जितमा किरण प्रताप शाह, अक्सोभ श्रेष्ठ र अशिम राजभण्डारीले गोल गरेका थिए । ललितपुरका आशिष श्रेष्ठले एक गोल फर्काएका थिए । विजेतालाई ट्रफी, मेडल सहित पुरस्कृत गरिएको थियो ।

केटीएम सिटीद्वारा प्रायोजित प्रतियोगितामा आयोजक सहित ललितपुर च्याप्टर, ग्लोबर सापर्स र नेपाली उद्योग युवा उद्यमी मञ्चसहितका १२ टिम सहभागी थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved