रेशम चौधरीलाई बर्दियामा भव्य स्वागत : ८४ सालमा सत्तामा पुग्ने दाबी (तस्वीरहरु)

नेपालगञ्ज विमानस्थलमा उत्रिएपछि चौधरी बर्दिया हुँदै टिकापुरतिर लागेका हुन् । विभिन्न ठाउँमा आयोजना गरिएका स्वागत कार्यक्रममा उनले सम्बोधन गरेका छन् । 

नेपालभ्युज

रेशम चौधरीलाई बर्दियामा भव्य स्वागत : ८४ सालमा सत्तामा पुग्ने दाबी (तस्वीरहरु)

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा आम माफी पाएर जेल मुक्त भएका रेशम चौधरीलाई बर्दियामा भव्य स्वागत गरिएको छ ।

नेपालगञ्ज विमानस्थलमा उत्रिएपछि चौधरी बर्दिया हुँदै टिकापुरतिर लागेका हुन् । विभिन्न ठाउँमा आयोजना गरिएका स्वागत कार्यक्रममा रेशमले सम्बोधन गरेका छन् ।

उनलाई बर्दीयाको सदरमुकाम गुलरिया,राजापुर र भुरीगाँउमा स्वागत गरिएको छ ।

स्वागत कार्यक्रममा बोल्दै रेशमले २०८४ सालमा मुलुककै नेतृत्व गर्ने दाबी गरे । देशमा सिमेन्टको पिलर बनाउने पैसा नहुँदा थारुहरुले सालको काठ गाडेर सिमानाको रक्षा गरेको भन्दै उनले अहिले आफूहरुलाई हेपिएको तर्क गरे ।

चौधरीले आफु कमैयाको छोरो रहेको भन्दै थारुहरुको पक्षमा अवाज उठाउन नछोड्ने बताए । उनलाई टिकापुरमा पनि स्वागतको तयारी गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved