नेत्र पन्थीको पुस्तक ‘लेफ्ट–राइट’ जेठ तेस्रो सातादेखि बजारमा

नेपालभ्युज

नेत्र पन्थीको पुस्तक ‘लेफ्ट–राइट’ जेठ तेस्रो सातादेखि बजारमा

काठमाडौं। साङ्ग्रिला बुक्सले पत्रकार नेत्र पन्थीको पुस्तक लेफ्ट–राइट : सत्ता र शक्तिको ‘अ’राजनीति जेठ तेस्रो साता बजारमा ल्याउने भएको छ ।

आइतबार पुस्तकको कभर सार्वजनिक गर्दै साङ्ग्रिला बुक्सको जेठ तेस्रो साता डिजिटल विमोचनसहित पुस्तक बजारमा पुर्‍याउने तयारी रहेको जनाएको हो । साथै, पुस्तकको अग्रिम बुकिङ पनि खुला गरिएको छ ।

पत्रकार पन्थीले आफ्नो लामो पत्रकारिताको अनुभव र अध्ययनबाट तयार पारेको यस पुस्तकमा नैतिक र अनैतिकको लक्ष्मणरेखा मेटिएको नेपाली राजनीतिको अन्तरकथा खोतल्ने प्रयास गरेका छन् । पुस्तकमा कहिले दायाँ र कहिले बायाँतिर मोडिने नेपाली राजनीतिक नेतृत्वको दुर्भाग्यपूर्ण कटु सत्य उजागर गरेको उनले बताएका छन् ।

लेखक पन्थीका अनुसार पुस्तकमा शक्ति र सत्ताका लागि भएका नाजायज कसरत, षड्यन्त्रै–षड्यन्त्र, धोकै–धोका, अन्तर्पार्टी संघर्ष र भूराजनीतिक टकरावलाई उठान गरिएको छ ।

पन्थीका यसअघि डिभोर्स : प्रचण्ड र बाबुरामको (२०७२), माओवादीभित्र अन्तरसङ्घर्ष (२०६९) र युद्धमा प्रेम र यौन (२०६६) नामक पुस्तक प्रकाशित छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved