महिला टी–२० : नेपाल पहिलोपटक मलेसियासँग पराजित

नेपालभ्युज

महिला टी–२० : नेपाल पहिलोपटक मलेसियासँग पराजित

काठमाडौं। नेपाल मलेसियासँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा पराजित भएको छ। मलेसियाको वाइएसडी यूकेएम ओभलमा सोमबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ५ विकेटले पराजित भएको हो। मलेसियासँग यो नेपाली महिला टोलीको पहिलो पराजय हो। विगत भएको ३ टी–२० खेलमा भने नेपालले मलेसियालाई हराएको थियो।

नेपालले दिएको ५१ रनको लक्ष्य मलेसियाले ४० बल बाँकी रहँदा पूरा गर्‍यो। सो लक्ष्य मलेसियाले १३.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो। मलेसियाको लागि वान जुलियाले सर्वाधिक १३ र इन नजवाले ८ रन जोडे।

नेपालका लागि भने कप्तान रुबिना क्षेत्री र सीता राना मगरले २–२ तथा कविता कुँवरले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको नेपाल १६.५ ओभरमा ५० रनमा अलआउट भयो। नेपालको लागि सम्झना खड्काले १३ र ज्योति पान्डेले ११ रन बनाइन्। मलेसियाको लागि नीर नुर अतिलाले ३ विकेट लिइन्।

नेपाल र मलेसियाबीचको दोस्रो खेल मङ्गलबार र तेस्रो खेल बिहीबार हुनेछ। चौथो खेल शनिबार र पाँँचौं खेल आइतबार हुनेछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved