टुँडिखेलमा १६औं गणतन्त्र दिवस (तस्वीरहरू)

नेपालमा विसं ०६५ जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।

नेपालभ्युज

टुँडिखेलमा १६औं गणतन्त्र दिवस (तस्वीरहरू)

काठमाडौं । टुँडिखेलमा १६औं गणतन्त्र दिवस मनाइएको छ । टुँडिखेलमा विशेष समारोहका बीच १६औं गणतन्त्र दिवस मनाइएको हो ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत संवैधानिक निकायका पदाधिकारी तथा नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

नेपालमा विसं ०६५ जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । त्यही दिनको सम्झनामा हरेक वर्ष जेठ १५ मा गणतन्त्र दिवस मनाइन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved