रेशम चौधरी रिहा, रञ्जितादेखि एलिजासम्मको स्वागत (फोटो फिचर)

चौधरीलाई उनकी श्रीमती तथा नागरिक उन्मुक्ती पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, बुबाआमा,  नागरिक उन्मुक्ती पार्टीकी केन्द्रीय सदस्य तथा पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम लगायतले फूलमालाले स्वागत गरेका छन् ।

रेशम चौधरी रिहा, रञ्जितादेखि एलिजासम्मको स्वागत (फोटो फिचर)

काठमाडौं । टीकापुर हत्याकाण्डमा दोषी ठहर भइ जेलजीवन बिताइरहेका रेशम चौधरी रिहा भएका छन् । गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट आममाफी भएपछि चौधरी सोमबार बिहान केन्द्रीय कारागार डिल्लीबजारबाट रिहा भएका हुन् ।

चौधरीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीसमेत रहेका उनकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरी, बुबाआमा,  नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य एलिजा गौतमलगायतले फूलमालाले स्वागत गरेका छन् ।

आफूलाई स्वागत गर्न पुगेका सबैलाई चौधरीले हात हल्लाएर धन्यवाद दिएका छन् । चौधरीले कुनै प्रतिक्रिया भने दिएनन् । चौधरी जहाज चढेर गृह जिल्ला कैलाली जानको लागि कारागारबाट सीधै विमानस्थल गएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको बाँकी कैद मिनाहा गरेपछि उनि बिहान डिल्लीबजार कारागारबाट छुटेका हुन् ।

 


Comment

One thought on “रेशम चौधरी रिहा, रञ्जितादेखि एलिजासम्मको स्वागत (फोटो फिचर)

  1. बल्ने आगो
    जे होस जेलिजाले आगो निभाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved