टर्कीको राष्ट्रपतिमा एर्दोआन विजयी, घोषणा हुन बाँकी 

नेपालभ्युज

टर्कीको राष्ट्रपतिमा एर्दोआन विजयी, घोषणा हुन बाँकी 

एजेन्सी। टर्कीको राष्ट्रपति चुनावमा पूर्व राष्ट्रपति रेसेप तैयप एर्दोआन विजयी भएका छन् ।

एर्दोआनका समर्थकले विजयी र्‍याली मनाउन थालिसकेका छन् । निर्वाचन काउन्सिलका अनुसार एर्दोआनले ५४ प्रतिशत मत पाएका छन्। तर  आधिकारिक घोषणा  भने गरेको छैन ।

विजयी भएको दाबी गर्दै जनतालाई सम्बोधन गर्दै रेसेप तैयप अर्दोआनले खुसीयाली मनाउन आग्रह गरेका छन् । एर्दोआनले गीत गाउँदै आफ्ना समर्थकलाई सम्बोधन गरेका छन् । उनले आफ्ना समर्थकलाई भने, ‘हामीले अर्को पाँच वर्षको लागि शासन पाएका छौं । हामीलाई तपाईंको विश्वास चाहिन्छ।’

अहिलेसम्मको गणनामा एर्दोआनका प्रतिद्वन्द्वी कमल कल्चदारलुले ४५.५३ प्रतिशत मत प्राप्त गरेका छन्।

पहिलो चरणको निर्वाचनमा राष्ट्रपति रेसेप तैयप एर्दोगान आफ्ना प्रतिद्वन्द्वी कमल कल्चदारलुभन्दा ४९.५ प्रतिशत मत ल्याएर अगाडि  रहेपनि ५० प्रतिशत मत कटाउन नसक्दा विजयी भएनन् ।

जीतका लागि ५० प्रतिशतभन्दा बढी मत चाहिने भएकाले दोस्रो चरणको मतदान भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved