आईपीएलको फाइनल वर्षाले प्रभावित, गएरातीको खेल आज हुँदै

नेपालभ्युज

आईपीएलको फाइनल वर्षाले प्रभावित, गएरातीको खेल आज हुँदै

एजेन्सी। इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनल खेल वर्षाले प्रभावित भएको छ ।

खेल हुने स्थान अहमदावादमा गएराती १२ बजेसम्म नै पानी परेपछि खेल आज सोमबारको लागि सरेको छ ।

फाइनलमा चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीचको खेल आज राती पौने ८ बजे आइतबार नरेन्द्र मोदी रंगशाला अहमदाबादमा हुनेछ ।

पहिलो क्वालिफायरमा चेन्नई गुजरातलाई १५ रनले हराउँदै फाइनलमा पुगेको हो भने गुजरातले दोस्रो क्वालिफायरमा मुम्बईलाई हराएर चेन्नईसँगको भिडन्त पक्का गरेको हो ।

चेन्नईले अहिलेसम्म १० पटक फाइनलमा पुगेकोमा ४ पटक उपाधि जितेको छ । गएको वर्ष पहिलो पटक आईपीएल खेलेको गुजरातले पहिलो वर्ष नै उपाधि जितेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved