रातमा दुध र रोटी खाँदा हुने फाइदा

नेपालभ्युज

रातमा दुध र रोटी खाँदा हुने फाइदा

एजेन्सी । धेरै मानिस रोटीलाई तरकारी वा दालसँग खान मन पराउँछन् । तर तपाईंलाई थाहा छ ? रोटीलाई दुधसँग मात्र खाँदा पनि एकदमै फाइदा हुन्छ ।

आउनुहोस् जानौं यसबारेमा–

ऊर्जा दिन्छ

शरीरमा कमजोरी भएको बेला रातको समयमा तपाईं दुधमा रोटी राखेर खानुभयो भने यो एकदमै फाइदाजनक हुन्छ । किनकी यसमा पोषक तत्वहरु भरपूर मात्रामा पाइन्छ । जसले शरीरमा ऊर्जा प्रदान गर्दछ ।

तनाव कम गर्दछ

यदि तपाईं दैनिक रातमा रोटी र दुधको सेवन गर्नुहुन्छ भने यो स्वास्थ्यका लागि फाइदाजनक सावित हुन्छ । यसको सेवनले तनाव कम गर्न सहयोग पुग्छ ।

तौल बढ्छ

यदि तपाईं आफ्नो तौल बढाउन चाहनुहुन्छ भने यसको सेवन रातमा गर्नु एकदमै फाइदाजनक हुन्छ । यसलाई खाँदा शरीरमा प्रयाप्त क्यालोरी पाइन्छ साथमा फ्याट र काब्र्स पनि पाइन्छ ।

पेटका लागि फाइदाजनक

रातमा दुध र रोटीको सेवन गर्नाले एसिडिटी, ग्यास जस्ता समस्या टाढा भाग्छन् । यसले पाचन प्रक्रिया पनि बलियो हुन्छ । यस्तोमा कब्जियतको समस्या कम हुन्छ ।

राम्रो निद्रा

रातमा तेल तथा मसालायुक्त खानेकुरा खानु भन्दा दुध र रोटीको सेवन गरेमा निद्रा राम्रोसँग लाग्छ । यस्तो भोजन सजिलोसँग पच्ने गर्दछ । जसले गर्दा आरामदायी निद्रा लाग्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved