महिलाले महिनावारीको बेला गर्नु हुन्न यस्तो काम

नेपालभ्युज

महिलाले महिनावारीको बेला गर्नु हुन्न यस्तो काम

एजेन्सी । महिलामा महिनावारी उनीहरुको स्वास्थ्य तथा स्वच्छतालाई बनाइराख्नका लागि एकदमै आवश्यक प्रक्रिया हो ।

उनीहरुलाई यस्तो बेलामा एकदमै आरामको आवश्यकता पर्दछ । महिनावारीको बेला कैयौं प्रकारको संक्रमणको डर हुन्छ । महिलाहरुलाई यस्तो बेला आफ्नो एकदमै राम्रोसँग ध्यान दिन आवश्यक हुन्छ ।

आउनुहोस् जानौं महिनावारीको बेला महिलाहरु कस्तो कस्तो कार्यबाट बच्नुपर्दछ । जसबारे ध्यान दिँदा उनीहरुलाई स्वास्थ्यसम्बन्धी नकारात्मक असरबाट बच्न सकिन्छ ।

– महिनावारीको बेला सेनेटरी प्याड वा टेम्पोनको लामो समयसम्म प्रयोग गर्नु हुँदैन । यसको प्रयोग धेरै घण्टासम्म गर्नु हुँदैन । यसले संक्रमणको डर हुन्छ साथै चिलाउने तथा र्यासेजहरु आउने हुन सक्छ ।

– महिनावारीको बेला एकदमै शिथिल भएर बस्नु हुँदैन । दैनिक कार्य तथा हल्का व्यायाम गर्न सकिन्छ । यसले तपाईंलाई महिनावारीको दुखाईबाट जोगाउँछ ।

– महिनावारीको बेला थकान तथा आलस्य महसुस हुन सक्छ । त्यसका लागि तपाईंले खानपानमा ध्यान दिनुपर्ने हुन्छ । भोकै बस्ने वा नियमित भन्दा कम खाने गर्नु हुँदैन । बरु क्याल्सियम तथा आइरन हुने चिजहरुको सेवन अधिक गर्नुपर्दछ ।

– महिनावारीको बेला क्यामिकल प्रयोग गरिएको यौनी सफा गर्ने सामग्रीको प्रयोग गर्नु हुँदैन । यसले तपाईंलाई आराम हुनुको साटो समस्या बढ्न सक्छ । यसका लागि तपाईं क्यामिकल प्रयोग नभएको सामान्य साबुन प्रयोग गर्न सक्नुहुन्छ ।

– महिनावारीको बेला महिलाहरुको शरीरमा एस्ट्रोजनको स्तर बढ्दछ जसले गर्दा शरीर सम्वेदनशील हुन्छ । त्यसैले यस्तो बेला वाक्सिंग वा सेभिङ गर्नबाट बच्नुपर्दछ ।

– महिनावारीको बेला दुग्धजन्य पदार्थको सेवन गर्नबाट बच्नुपर्दछ । तपाईंको शरीरलाई क्याल्सियमको आवश्यकता पर्दछ तर दुध, पनीर तथा दही जस्ता दुग्धजन्य पदार्थको सेवनले पेटमा ऐंठन गराउन सक्छ । त्यस्तै शरीर सुन्निने पनि हुन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved