सरस्वतीनगर हत्या प्रकरण- लुटिएको सुन धरौटी राख्नेलाई पनि हत्या अभियोगमा मुद्दा दर्ता

काठमाडौंको कपन सरस्वतीनगरमा डेढ महिनाअघि भएको निरा पाण्डे आचार्यको हत्यामा जिल्ला सरकारी वकिल कार्यालयले सुन पसलेलाई समेत मुद्दा हालेको छ।  २ जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दर्ता गरेको हो।

नेपालभ्युज

सरस्वतीनगर हत्या प्रकरण- लुटिएको सुन धरौटी राख्नेलाई पनि हत्या अभियोगमा मुद्दा दर्ता

काठमाडौं। काठमाडौंको कपन सरस्वतीनगरमा डेढ महिनाअघि भएको निरा पाण्डे आचार्यको हत्यामा जिल्ला सरकारी वकिल कार्यालयले सुन पसलेलाई समेत मुद्दा हालेको छ।  २ जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दर्ता गरेको हो।

निराको हत्यामा संलग्न आरोप लागेका विनोद विश्वकर्मालाई पहिला पक्राउ परेका थिए। र उनले लुटेको सुन धरौटी राखेर पैसा दिने प्रदीप गदाईलीविरुद्ध मुद्दा दायर भएको हो।

वैशाख ७ गते काठमाडौं महानगरपालिका–६ सरस्वतीनगरमा आफ्नै भाँडा पसलभित्र धारिलो हतियार प्रहार गरेको अवस्थामा भेटिएकी निराको उपचारको क्रममा मृत्यु भएको थियो । वैशाख १६ गते ३६ वर्षीय विनोद झापाको विर्तमोडबाट पक्राउ परेका थिए ।

सरकारी वकिलसँगको बयानमा विनोदले आफू चरम आर्थिक संकटमा परेकाले निराले लगाएको सुनको सिक्री र पसलमा रहेको पैसा लुट्ने नियतले उनको हत्या गरेको बताएका छन्। उनले निराले लगाएको सुनको सिक्री र घर्रामा रहेको ११÷१२ सय रूपैयाँ लिएर गएको उल्लेख गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved