‘ए’ डिभिजन लिग : एनआरटीले सातदोबाटोलाई हरायो

नेपालभ्युज

‘ए’ डिभिजन लिग : एनआरटीले सातदोबाटोलाई हरायो

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम एनआरटीले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ। च्यासल रंगशालामा आइतबार भएको खेलमा एनआरटीले सातदोबाटोलाई २–१ गोलअन्तरले पराजित गरेको हो।

एनआरटीका लागि निकोलस सङ्ग र सनम लिम्बूले गोल गरे। सातदोबाटो युथ क्लबका लागि भने शिव सुवेदीले गोल फर्काए। खेलको ६९औँ मिनेटमा निकोलसले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए। ६७औँ मिनेटमा सनमले एनआरटीका लागि दोस्रो गोल गरे। ७७औँ मिनेटमा शिवले सातदोबाटोका लागि गोल फर्काए।

यससँगै एनआरटीले २२ खेलबाट २९ अंक जोड्दै आठौँ स्थानमा उक्लिएको छ।२२ खेलबाट २९ अंक जोडेको सातदोबाटो भने छैटौं स्थानमा छ।

यस्तै, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङ मर्स्याङ्दीले थ्री स्टारलाई १–० गोलअन्तरले पराजित गर्‍यो।

मनाङको लागि चेतन थारूले गोल गरे। ३८औं मिनेटमा चेतनले गरेको गोल नै निर्णायक बन्यो। २२ खेलबाट २८ अंक जोडेको मनाङ दशौं स्थानमा उक्लिएको छ। २२ बाट २६ अंक जोडेको थ्री स्टार भने ११औं स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved