काजकिस्तानलाई पराजित गर्दै भारत बन्यो च्याम्पियन

एनएससी–काभा महिला भलिबल

नेपालभ्युज

काजकिस्तानलाई पराजित गर्दै भारत बन्यो च्याम्पियन

काठमाडौं। एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप–२०२३ को उपाधि भारतले जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कर्भडहलमा आइतबार भएको फाइनल खेलमा भारतले काजकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

पहिलो सेटमा भारतले काजकिस्तानमाथि २५–१५ ले जित निकालेको हो।दोस्रो सेट भारतले काजकिस्तानलाई २५–२२ ले जित्यो।
तेस्रो सेटमा भने भारतले २५–१८ ले जित हासिल गर्यो।

यससँगै काजकिस्तान उपविजेता बनेको छ। नेपालले भने तेस्रो स्थानमा चित्त बुझाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved