ओंठको कालोपन हटाउने घरेलु तरिका

नेपालभ्युज

ओंठको कालोपन हटाउने घरेलु तरिका

एजेन्सी । गर्मी मौसममा डिहाइड्रेशन, घाम तथा अन्य कारणले ओंठहरु कालो हुने गर्दछ । ओंठलाई मुलायम तथा सुन्दर राख्नका लागि एकदमै धेरै हेरचाहको आवश्यकता पर्दछ ।

कालो भएका ओंठलाई घरमै स्क्रब बनाएर पनि तपाईंले सुन्दर बनाउन सक्नुहुन्छ । यसका लागि बेसनको सहयोगमा घरमै स्क्रब बनाउन सकिन्छ ।

घरमै बेसनबाट स्क्रब बनाउनका लागि एक चम्चा बेसन, एक चम्चा मह र आवश्यकताअनुसार गुलाब जल लिन सकिन्छ ।

अब एउटा सानो कचौरामा बेसन, मह र गुलाब जललाई मिसाउनु होस् । उक्त मिश्रणलाई चम्चाको सहयोगमा राम्रोसँग मिक्स गर्ने । यसरी बनाइएको पेस्टलाई ओंठमा पूरै ढाकिने गरी लगाउनुहोस् ।

अब उक्त पेस्टलाई १५ मिनेटका लागि ओंठमा रहन दिनुहोस् । त्यसपछि गोलाकारमा ओंठलाई उक्त स्क्रबले मसाज गर्दै धुनुहोस् । त्यसपछि सफा ओंठमा लिपबाम लगाउनुहोस् ।

बेसनलाई ओंठमा लगाएर हल्का हातले घोटेर सफा गर्दा यसले एक्सफोलियटको काम गर्दछ । यसले ओंठमा भएका डेड सेल्सहरुलाई निकाल्ने काम गर्छ । जसले गर्दा कालो भएको ओंठ हटेर प्राकृतिक सुन्दर तथा मुलायम ओंठ देखिन्छन् ।

बेसनमा पाइने पोषक तत्वले ओंठको कालोपनलाई कम गर्ने गर्दछ । यसको दैनिक प्रयोगले ओंठको कालो हट्दै जान्छ र ओंठमा प्राकृतिक चमक आउँछ ।

साथमा यसले ओंठलाई मुलायम बनाउने काम गर्दछ । ओंठहरु सुख्खा भएको समस्याबाट छुट्कारा पाउनका लागि पनि बेसनको प्रयोग फाइदाजनक हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved