खैरो हेरोइन कारोबार गर्ने गिरोहका ६ जनासहित ७ पक्राउ

नेपालभ्युज

खैरो हेरोइन कारोबार गर्ने गिरोहका ६ जनासहित ७ पक्राउ

काठमाडौं। अवैध लागुऔषध खैरो हेरोईन कारोबार गर्ने नेटवर्ककको गिरोहसहित ६ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टिमले अवैध लागुऔषध खैरो हेराईन कारोबार गर्ने नेटवर्ककको गिरोहसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीले जेठ ९ गते काठमाडौंको बोद्ध टुसालस्थित एक होटलबाट लागुऔषध खैरो हेरोईन २० ग्राम, डिजिटल तराजु १ थान र नेपाली रुपैयाँ ७ लाख ४० हजारसहित झापाका २७ वर्षीय किरण कन्दङ्वा, जेठ ११ गते काठमाडौं महानगर वडा नम्बर ९ बाट खैरो हेराईन ९४ ग्रामसहित झापाकै वर्ष २८ का विजय लिम्बू, जेठ ११ गते नै झापाको चन्द्रगढीबाट झापा मेची नगरपालिकाका वर्ष २९ का माधव मेचे र विनोद लिम्बू पक्राउ गरेको प्रहरी उपरीक्षक एवं लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता चक्रराज जोशीले बताए ।

उनका अनुसार जेठ १२ गते झापाको भद्रपुर नगरपालिकाबाट खैरो हेराईन १९४ ग्राम ५४० मिलिग्रामसहित भारत पश्चिम बंगाल दार्जलिङ जिल्लाका वर्ष २२ का शिव घोष र सोही ठेगाना भएकी वर्ष २६ की श्यामला सोरेनलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ ।

यस कारबाहीमा नेपालीलाई लागुऔषध खैरो हेरोइन उपलब्ध गराउने मुख्य व्यक्ति भारतीय नागरिकहरु समेतलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको बताए ।

त्यस्तै, प्रहरीले लागुऔषध चरेस तीन किलो ६०० ग्रामसहित १ जना नेपालीलाई पक्राउ गरी कारबाही अघि बढाएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका वर्ष ४२ का तेम्बा शेर्पालाई पक्राउ गरेको छ ।

उनलाई जेठ ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्ड जाने क्रममा पक्राउ गरीएको हो । खैरो हेरोईन प्रति १ ग्रामको अवैध् बजारमूल्य अन्दाजी १० हजारको दरले ३१२.५४० ग्रामको दरले ३१ लाख २५ हजार ४ सय रहेको छ भने लागुऔषध चरेस प्रति १ किलोग्रामको अवैध बजारमूल्य अन्दाजी ५५ हजारको दरले ३ केजी ६ सय ग्रामको १ लाख ९८ हजार रहेको छ ।

प्रतिवादीहरुको साथबाट बरामद भएको लागुऔषधको अवैध बजारमूल्य अन्दाजी ३३ लाख २३ हजार ४ सय रहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved