कर्णाली प्रदेश सभाका विषयगत समितिको नेतृत्व चयन

कर्णाली प्रदेश सभाका विषयगत समितिको नेतृत्व चयन

सुर्खेत। कर्णाली प्रदेश सभाका विषयगत समितिहरूको नेतृत्व चयन गरिएको छ । आज आईतवार समितिका सदस्यहरू मध्यबाट निर्वाचित गरिएको हो । दलहरूको सिफारिसमा सभामुख नन्दा गुरुङले विषयगत समितिमा सदस्य मनोनित गरेकी थिइन् ।

आइतबार सम्पन्न निर्वाचनअनुसार सर्वसहमतिले सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका जितबहादुर मल्ल, प्रदेश मामिला समितिको सभापतिमा एकीकृत समाजवादीका कल्याणी खड्का, सामाजिक विकास समितिको सभापतिमा नेपाली कांग्रेसका घनश्याम भण्डारी र अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापतिमा माओवादी केन्द्रका दुर्गाबहादुर रावत चयन भएका छन् ।

निर्वाचनपछि आजै सभामुख गुरुङले निर्वाचित समितिका सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved