सिंहदरबारअघि मानव अधिकारकर्मीको प्रदर्शन, १७ पक्राउ (तस्वीरहरू)

सिंहदरबारअघि मानव अधिकारकर्मीको प्रदर्शन, १७ पक्राउ (तस्वीरहरू)

काठमाडौं। सिंहदरबारको दक्षिणी गेट अगाडि प्रदर्शन गर्न खोज्ने दर्जनौं मानव अधिकारकर्मीहरूलाई आज प्रहरीले पक्राउ गरेको छ।

ठूलठूला संस्थागत भ्रष्टाचार मा शीर्ष पार्टीका नेताहरू सहभागी भएको तर उनीहरू माथि छानबिन नभएको भन्दै मानव अधिकार तथा शान्ति समाजले आज प्रदर्शन गरेको हो।

जिल्ला समन्वय समितिको कार्यालय बाट ब्यानर र प्लेकार्ड बोकेर सिंहदरबार आउनेक्रममा प्रहरीले निषेधित क्षेत्र तोड्न खोजेको भन्दै समन्वय समितिको गेटबाटै उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा मानव अधिकारबादी नेताहरू कृष्ण पहाडी, अर्जुन पराजुली, उत्तम पुडासैनी, ईश्वर पुडासैनी, भगवान पुडासैनीलगायत रहेका छन् । प्रदर्शनमा उत्रिएका १७ जनालाई पक्राउ गरिएको र नगरप्रहरीमा राखिएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved