उज्वेकिस्तानलाई हराउँदै नेपाल एनएससी–काभा महिला भलिबलमा तेस्रो

नेपालभ्युज

उज्वेकिस्तानलाई हराउँदै नेपाल एनएससी–काभा महिला भलिबलमा तेस्रो

काठमाडौं । एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको कर्भडहलमा आइतबार भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गरेको हो।

पहिलो सेटमा नेपाल उज्वेकिस्तानसँग २५–२० ले पराजित भएको नेपाल त्यसपछि खेलमा फर्किएको थियो ।

दोस्रो सेटमा नेपालले उज्वेकिस्तानमाथि २५–१६, तेस्रो सेटमा २५–१५ र चौथो सेटमा २५–१३ जित हासिल गर्न सफल भयो ।

उपाधिका लागि भारत र काजकिस्तान आजै आमने सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved