विराटनगरमा बिहानैदेखि तनाव, २० भन्दा बढी पक्राउ

नेपालभ्युज

विराटनगरमा बिहानैदेखि तनाव, २० भन्दा बढी पक्राउ
फाइल फोटो

काठमाडौं। पहिचानको मुद्दालाई लिएर आन्दोलन गरिरहेका समूहले कोशी प्रदेश सभाको बैठक अवरुद्ध गर्न सक्ने भएपछी आईतबार बिहानै प्रहरीले विराटनगरबाट २० भन्दा बढीलाई पक्राउ गरेको छ।

विराटनगरका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ। आजको प्रदेश सभा बैठकमा भागलिन विराटनगर गैरहेका प्रदेश सभा सदस्यहरूलाई बाटोमै अवरोध पु¥याउन थालेपछी विहानैदेखि प्रहरीले निगरानी बढाएको थियो।

प्रहरीले आन्दोलनरत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष सहितका उप महासचिव दिपा लावती र अन्य नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरेको मञ्चका अध्यक्ष कुमार लिङ्देनले दाबी गरेका छन्। कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुन लागेको भन्दै विराटनगरमा आन्दोलनरत पक्षले धर्ना र बिरोधका कार्यक्रमलाई तिब्रता दिएको छ।

उनीहरूले प्रदेशसभा घेराउ गर्ने,बाटोमा अबरुद्ध पार्ने, प्रदेश सदस्यलाई बाटोमै रोक्ने उद्देश्यले घरेलु हतियार समेत प्रयोग गर्न थालेको प्रहरीको भनाई छ। प्रदेश सभा बाहिरबाट गुलेली हान्ने प्रयास समेत भएको भन्दै प्रहरीले कसैलाई पनि सो क्षेत्रमा जान दिएको छैन।

प्रदेश नम्बर १ पुन नामकरण सङ्घर्ष समितिले यसअघि नै बिरोध गर्दै आएको छ। प्रदेशको नाम कोशी प्रदेश राखिएकोमा उनिहरुको आपत्ति छ। प्रहरीले दुई दिन अघिदेखि निगरानी र शनिवारदेखि प्रदेश सभा सचिवालय वरीपरी निषेधाज्ञा जारी गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved