को बन्ला आईपीएल च्याम्पियन ?

नेपालभ्युज

को बन्ला आईपीएल च्याम्पियन ?

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १६औँ संस्करणको फाइनल खेल आज आइतबार हुँदैछ ।

उपाधिको लागि आज बेलुका पौने ८ बजे साविक विजेता गुजरात टाइटन्स र चेन्नई सुपर किङ्सबीच खेल हुँदैछ ।

पहिलो क्वालिफायरमा चेन्नई गुजरातलाई १५ रनले हराउँदै फाइनलमा पुगेको हो भने गुजरातले दोस्रो क्वालिफायरमा मुम्बईलाई हराएर चेन्नईसँगको भिडन्त पक्का गरेको हो ।

चेन्नईले अहिलेसम्म १० पटक फाइनलमा पुगेकोमा ४ पटक उपाधि जितेको छ । गएको वर्ष पहिलो पटक आईपीएल खेलेको गुजरातले पहिलो वर्ष नै उपाधि जितेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved