गर्मी मौसममा रात छोटो र दिन लामो किन हुन्छ ?

नेपालभ्युज

गर्मी मौसममा रात छोटो र दिन लामो किन हुन्छ ?

एजेन्सी । तपाईंले देख्नुभएको होला जाडो मौसममा रात लामा र दिन छोटा हुने गर्दछन् । गर्मीमा त्यसको उल्टो रात छोटा र दिन लामा हुन्छन् ।

कहिलेकाँही त कति छिटो बिहान भएको जस्तो पनि महसुस हुन्छ ।  के तपाईंलाई थाहा छ यस्तो किन हुन्छ भनेर ?

हाम्रो वरिपरि त्यस्ता प्राकृतिक घटना घटिरहेका हुन्छन् जसबारेमा जान्ने इच्छा हामी सबैलाई हुन्छ । दिन र रातबारे जान्ने प्रयास गरौं ।

हामीलाई थाहा छ पृथ्वीले सूर्यलाई घुम्दछ। पृथ्वी आफ्नो अक्षमा २४ घण्टामा एकपटक फन्को लगाउँछ । सूर्यलाई परिक्रमाको एक चक्र ३६५ दिनमा पूरा हुन्छ । २४ घण्टाको परिक्रमाको समयमा पृथ्वीमा रात र दिन हुने गर्दछन् ।

आफ्नो अक्षमा यो २३.५ डिग्री कोणमा झुकेको छ । त्यसैले गर्दा सूर्यको प्रकाश यसको उत्तरी तथा दक्षिणी गोलार्थमा समान रुपमा पर्दैन । जसका कारण दिन र रातको समय अवधि समान हुँदैन ।

त्यसैले गर्मीमा लामो दिन तथा जाडोमा छोटा दिन हुने गर्दछन् । २१ जुनका दिन पृथ्वीको उत्तरी ध्रुव सूर्यतिर अत्यधिक झुकेको हुन्छ त्यसैले यो दिनलाई वर्षको सबैभन्दा लामो दिन र छोटो रात मानिन्छ ।

गर्मी मौसममा पृथ्वीको उत्तरी गोलार्धमा सूर्यको सिधा किरण आउने गर्छ । यसका साथै यो किरण लामो समयसम्म धर्तीमा रहन्छ ।

गर्मीमा रातको समय एकदमै छोटो हुन्छ किनकी पृथ्वीको उत्तरी गोलार्धको हिस्सा सूर्यको किरणबाट केही समयका लागि मात्रै पछाडी हुन्छ । त्यसैले यस्तो बेला रात छोटो हुने गर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved