क्यामेराको लेन्सबाट दरबार स्क्वायर चिहाउँदा (तस्वीरहरू)

क्यामेराको लेन्सबाट दरबार स्क्वायर चिहाउँदा (तस्वीरहरू)

ललितपुर । काठमाडौं उपत्यकाका प्राचीन ३ सहरहरूमध्ये पाटन दरबार क्षेत्र (स्क्वायर) अझ पुरानो मानिन्छ ।

प्राचीनकालमा यसलाई युपग्राम, यल, मनिङ्ल, ललितपत्तन, ललितापुरी आदि नामले चिनिन्थ्यो । ७औं शताब्दीदेखिका कला र सांस्कृतिक सम्पदाको खुल्ला संग्रहालय पाटन दरबार विसं १६७५ तिर पाटनका राजा सिद्धिनरसिंह मल्लले तत्कालीन मनिङ्गल राजप्रासादलाई विस्तार गर्नुका साथै कलाकृतिले सिँगारेका कुरा इतिहासमा उल्लेख छ ।

उनले नै आफ्ना इष्टदेवता तलेजु भवानी (तुलजा भवानी) को सानो मन्दिर पनि त्यहाँ बनाएका छन् । पाटन दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको छ । यो क्षेत्र बाह्य तथा आन्तरिक पर्यटकहरूको घुम्नैपर्ने सूचीमा राख्ने गन्तव्यमध्ये एक हो ।

त्यही दरबार क्षेत्रका संरचनाहरूको तस्वीर यहाँ प्रस्तुत गरिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved