रिङ रेस्लिङ महाभिडन्तको तयारी पूरा

नेपालभ्युज

रिङ रेस्लिङ महाभिडन्तको तयारी पूरा

काठमाडौं। “दोस्रो मदन भण्डारी रिङ रेस्लिङ महाभिडन्त” राष्ट्रिय प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित खुल्लामञ्च घन्टाघरमा शनिबार हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रिङ रेस्लिङ विभागले जानकारी गराएको हो ।

प्रतियोगिताका लागि सम्पूर्ण खेलाडीहरू वीरेन्द्रनगर पुगी सकेको एकेडेमीका उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्ज तेजविक्रम बस्नेतले जानकारी दिए । वीरेन्द्रनगर पुगेको टोलीलाई शुक्रबार एक कार्यक्रमबीच नगरपालिकाकी मेयर मोहनमाया भण्डारी ढकाल, प्रदेश खेलकुद बिकास परिषदका उपाध्यक्ष प्रमोद हमाल लगायतले स्वागत गरेका थिए ।

सो अवसरमा नगर प्रमुख भण्डारीले प्रतियोगिताले समग्र खेलकुद विकाससंगै खेलकुद मार्फत नगरको पर्यटन विकासका लागि महत्त्वपूर्ण हुने बताइन् । उनले सम्पूर्ण नगरवासीहरूलाई खेलको मनोरन्जन लिन कार्यक्रमस्थल खुल्लामञ्चमा आउन आग्रह समेत गरिन् ।

प्रतियोगिताअन्तर्गत लाइट वेटतर्फ सिजे वर्ल्ड र कम्ब्याटको रोचक भिडन्त हुने छ भने महिलातर्फ तन्नु र आकृति भिड्नेछन् । त्यसैगरी ट्याग टिममात टुप्पी ग्याङले सुजलको टिमसँग तथा एक्स हिरोका विच तथा हार्डकोर भिडन्तमा चट्टान र स्पाइडर म्यान उपाधिका लागि भिड्ने छन् । लाइट वेटमा डेभिड र साइनले एक-अर्काको सामना गर्नेछन् । यो सँगै नुवाकोटे टाइगर र किङ रोर्वोट हेभीवेट तर्फ रोचक भिडन्त हुनेछ ।

प्रतियोगितामा लाइट वेटतर्फको विजेताले नगद ५० हजार रुपैयाँ, ट्याग टिम च्याम्पियनले नगद ५० हजार रुपैयाँ, लेडिज वेट च्याम्पियनले नगद ६० हजार रुपैयाँ, मिडल वेट च्याम्पियनले नगद ७० हजार रुपैयाँ, हार्डकोर च्याम्पियनले नगद ७५ हजार रुपैयाँ र हेभीवेट च्याम्पियनले नगद रु १ लाख ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सबै विजेतालाई नगदका साथमा मेडल, प्रमाणपत्र च्याम्पियन बेल्ट प्रदान गरिने एकेडेमीकी उपमहासचिव सुवर्ण श्रेष्ठले बताइन् ।

एकेडेमीका उपाध्यक्ष तथा प्रदेश इन्चार्ज बस्नेतले नगरपालिकाले खेलाडीहरूलाई स्वागत गरी आयोजक तथा खेलाडीहरूको हौसला बढाएकोमा आभार व्यक्त गरे । उपाध्यक्ष बस्नेतले प्रतियोगिताले कर्णाली प्रदेशवासी खेलप्रेमीहरूको ध्यान आकृष्ट गर्न सफल हुनु साथै कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदको प्रचार प्रसारमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रवेश नि:शुल्क रहेको प्रतियोगितालाई करिब १० हजारले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ भने प्रतियोगिता सम्पन्न गर्न करिव २१ लाख खर्च हुने आयोजकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved