निरा पाण्डे हत्या प्रकरण : आरोपी विनोद विश्वकर्मा जेल चलान

नेपालभ्युज

निरा पाण्डे हत्या प्रकरण : आरोपी विनोद विश्वकर्मा जेल चलान

काठमाडौं । निरा पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका विनोद विश्वकर्मा पुर्पक्षका लागि जेल चलान भएका छन् ।

जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि विश्वकर्मालाई केन्द्रीय कारागार चलान गरिएको हो ।

प्रहरीका अनुसार  उनले आर्थिक रुपमा समस्यामा परेपछि पाण्डेको सिक्री र काउन्टरमा भएको रकम लुट्न खोज्दा प्रतिकार गरेपछि हत्या  गरेको बयान दिएका छन् ।

उनलाई गत वैशाख  १६ गते  झापाबाट पक्राउ गरेर काठमाडौं ल्याइएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved