‘ए’ डिभिजन लिग : खुमलटारमाथि पुलिसको जित

नेपालभ्युज

‘ए’ डिभिजन लिग : खुमलटारमाथि पुलिसको जित

काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाल पुलिस क्लबले एफसी खुमलटारलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा पुलिसले खुमलटारलाई २–० गोलअन्तरले पराजित गरेको हो।

पुलिसको लागि भरत शाह र मोहमद आसिकले गोल गरे। खेलको ७६ औँ मिनेटमा भरतले हेडरमार्फत गोल गर्दै पुलिसलाई अग्रता दिलाए।

८८ औँ मिनेटमा मोहमदले पुलिसको लािग दोस्रो गोल गरे। यससँगै पुुलिसले २१ खेलबाट २८ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ।

२१ खेलबाट २१ अंक जोडेको खुमलटार भने पुछारमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved