भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

नेपालभ्युज

भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ
सांकेतिक तस्वीर

काठमाडौ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर हाल फरार सूचीमा रहेका एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जन पक्राउ परेकी हुन्।

प्रहरीले उनलाई अदालतमा उपस्थित गराईसकेको छ । प्रहरीले बुधबार ३० जनाविरुद्ध मुद्दा चलाउँदा १४ मध्ये उनलाई पनि फरार सूचीमा राखेको थियो ।

यस अघि पक्राउ परेका सन्देश शर्माले लक्ष्मीको खातामा ठगी गरेको रकम जम्मा गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । लक्ष्मीको खाता नम्बर पठाएअनुसार गजेन्द्र बुढाथोकीले रकम जम्मा गरेको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतको भनाइ छ ।

शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ भने १३ जना अझै फरार छन्। पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापा सहित फरार रहेका अन्यलाई पनि प्रहरीको प्रतिवेदन अनुसार सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको छ।

 

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved