उज्वेकिस्तानलाई हराउँदै भारत काभा महिला भलिबलको फाइनलमा

नेपालभ्युज

उज्वेकिस्तानलाई हराउँदै भारत काभा महिला भलिबलको फाइनलमा

काठमाडौं। भारत एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा पुगेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कर्भडहलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा भारतले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

भारतले उज्वेकिस्तानलाई पहिलो सेटमा २५–१७, दोस्रोमा २५–२० र तेस्रोमा २५–१५ ले पराजित गरेको हो। यससँगै भारत अविजित रहँदै फाइनल पुगेको छ।

दोस्रो सेमिफाइनलमा नेपाल र काजकिस्तान बेलुकी ५ बजे आमने सामने हुनेछन्। नेपाल काजकिस्तानलाई पराजित गर्दै फाइनल पुग्ने योजनामा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved