प्रदेशस्तरिय खुल्ला कायाकिङ प्रतियोगिता डम्बरले जिते स्वर्ण

नेपालभ्युज

प्रदेशस्तरिय खुल्ला कायाकिङ प्रतियोगिता डम्बरले जिते स्वर्ण

पोखरा। प्रदेशस्तरिय खुल्ला कायाकिङ प्रतियोगिता डम्बर बहादुर पूर्वाछानेले जितेका छन् ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार सम्पन्न भएको प्रतिस्पर्धामा सहभागि १८ जनालाई उदयपुरका उछिन्दै डम्बरले स्वर्ण पदक जितेका हुन् । उनले स्वर्ण पदक संगै नगद ३५ हजार पनि हात पारे ।

पोखरा १९ र २५ स्थित मर्दी र सेती नदीको संगमबाट सुरु भएको प्रतियोगितामा गोर्खाका सुरेन्द्र चेपाङले दोस्रो हुँदै रजत पदक प्राप्त गरे । उनले नगद २५ हजार रुपैँया हात पार्दा गोरखाका रबिन चेपाङले तेश्रो हुँदै कास्य पदक प्राप्त गर्दै नगद १५ हजार रुपैँया पाए ।

प्रतियोगितामा गोरखाका समिन चेपाङ चौथो हुँदै पदकका साथमा नगद १० हजार र खोटाङका प्रशान्त राई सान्त्वना हुँदै नगद ५ हजार रुपैँया प्राप्त गर्न सफल भए ।

प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ, कार्यकारी सदस्यद्वय दिल बहादुर गुरुङ र तारामायाँ थापा मगर, परिषद्का सदस्य गिरमान गुरुङ, परिषदका कार्यालय प्रमुख टोपलाल भुसाल, लेखा प्रमुख निलकण्ठ ढकालले विजेता खेलाडी तथा सहभागीहरुलाई मेडल, नगद तथा प्रमाणपत्र वितरण गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved