फ्राइडे–रिलिज

बहुपति प्रथामा आधारित फिल्म ‘टुल्की’ र ‘हुक्का’ फिल्महलमा

टुल्कीमा पहाडी ब्राह्मण समुदायमा जन्मिएकी युवती र हिमाली भेगको युवकबीचको प्रेमकथा देखाइएको छ। चलचित्र बहुपति प्रथामा आधारित छ। चलचित्रका निर्देशक देवजंग थापा हुन्।

नेपालभ्युज

बहुपति प्रथामा आधारित फिल्म ‘टुल्की’ र ‘हुक्का’ फिल्महलमा

काठमाडौं। आजबाट नेपाली फिल्म ‘टुल्की’, ‘हुक्का’ र ‘द लिटल मरमेड’ चलचित्र प्रदर्शनमा आएका छन्।
आजबाट तीन नयाँ चलचित्र प्रदर्शनमा आएका छन्। दुई नेपाल चलचित्र ‘टुल्की’ र ‘हुक्का’ तथा एक हलिउड चलचित्र ‘द लिटल मरमेड’ प्रदर्शनमा आएका हुन्।

टुल्कीमा पहाडी ब्राह्मण समुदायमा जन्मिएकी युवती र हिमाली भेगको युवकबीचको प्रेमकथा देखाइएको छ। चलचित्र बहुपति प्रथामा आधारित छ। चलचित्रका निर्देशक देवजंग थापा हुन्। चलचित्रमा शिशिर वाङ्देल, सोम लामा, स्वस्तिमा कार्की, नरेन्द्र लामा, हिमाली हमाल, शेखर लामा लगायत कलाकारको अभिनय छ।

आजबाटै प्रदर्शनमा आएको अर्को नेपाली चलचित्र हो– हुक्का ः एन एबसर्ड ड्रीम। शम्भु थापाको निर्देशनमा बनेको चलचित्र दुई घण्टा १० मिनेट लामो छ। चलचित्रमा प्रकाश घिमिरे, प्रमिला खनाल, तेज गिरी लगायत कलाकारको अभिनय छ।

आज प्रदर्शन भएका यी दुई नेपाली चलचित्रलाई टक्कर भने हलिउड चलचित्र द लिटल मरमेडले दिनेछ। रब मार्शल निर्देशित यो चलचित्र दुई घण्टा १५ मिनेट लामो छ। मेलिसा म्याककार्थी, हेले बेइली, जोना हेभर–किङ, साइमोन एशली लगायत कलाकारको अभिनय यो चलचित्रमा हेर्न पाइन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved