नक्कली भुटानी शरणार्थी प्रकरण : आजबाट १६ जनाको बयान

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना आरोपितको जिल्ला अदालत काठमाडौंमा आज बयान शुरु हुँदैछ। यो प्रकरणमा मुछिएका ३० जनाविरुद्ध बुधबार ठगी, किर्तेलगायतको अभियोगमा मुद्दा दायर भएकाले आजबाट अदालतमा बयान सुरु हुन लागेको हो।

नेपालभ्युज

नक्कली भुटानी शरणार्थी प्रकरण : आजबाट १६ जनाको बयान

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना आरोपितको जिल्ला अदालत काठमाडौंमा आज बयान शुरु हुँदैछ। यो प्रकरणमा मुछिएका ३० जनाविरुद्ध बुधबार ठगी, किर्तेलगायतको अभियोगमा मुद्दा दायर भएकाले आजबाट अदालतमा बयान सुरु हुन लागेको हो।

१४ जना फरार रहेका छन्। पक्राउ परेका  १६ जनाको मात्र आज बयान सुरु हुने छ। शुक्रबारै आरोपितविरुद्धको मुद्दाको पेशी तोकिनेछ। सम्बन्धित न्यायाधीशको इजलासमा बयान हुनेछ।

इजलासले उनीहरूको एकैसाथ वा छुट्टाछुट्टै रूपमा समेत बयान गराउन आदेश दिन सक्नेछ। सबैको बयान गराउनुपर्ने भएकाले आज बहस शुरु हुने सम्भावना छैन।

इजलासले एकैसाथ बयान गराउने भनी आदेश नदिएमा बयानकै लागि थप केही दिन लाग्ने निश्चित छ। बयानपछि उनीहरूलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भनी ‘थुनछेक’ बहस हुनेछ। इजलासले त्यसपछि उनीहरूलाई तीनमध्ये कुनै एउटा आदेश दिनेछ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरू कोही अरूको थाप्लोमा दोष थोपर्दै छन् भने कोही आरोपबाट पन्छिन, केही नजाने जस्तो गरी बयान दिइरहेका छन्। प्रहरी अनुसन्धान र दिएका बयानले यस्तै देखाउँछ। अनुसन्धानमा तानिएका सरकारका पूर्वमन्त्रीदेखि उच्च तहका कर्मचारीहरू यो प्रकरणबाट कसरी शुद्ध भइन्छ भनेर बयानमा कुरा चपाइचपाइ बोलिरहेको अनुसन्धानमा संलग्न उच्च प्रहरी अधिकारी बताउँछन्।

पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राईले दिएका बयान यस्ता छन्।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउन खोजेको अभियोगमा पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डेलगायत विरुद्ध जिल्ला अदालतमा मुद्दा चलाएको थियो। मुलुकी अपराध संहितामा ठगीको आरोप प्रमाणित भए सात वर्षसम्म कैद र ७० हजार रुपैंयासम्म जरिवाना हुने व्यवस्था छ। सरकारी कागजात कीर्तेमा पनि त्यति नै सजायको व्यवस्था छ। राष्ट्रहित प्रतिकुलको काम गरेमा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved