पेटका लागि मेवा खाँदा फाइदै फाइदा

नेपालभ्युज

पेटका लागि मेवा खाँदा फाइदै फाइदा

एजेन्सी । मेवा खानाले पाचनतन्त्र स्वस्थ रहन्छ । यसमा प्यापिन नामक तत्व हुन्छ, जो पाचन प्रक्रिया राम्रो बनाएर पेट सम्बन्धी समस्याहरु कम गर्न प्रभावकारी हुन्छ ।
कब्जियतको समस्या भएको बेला तपार्ई मेवाको सेवन गर्न सक्नुहुन्छ । यसले कब्जियत कम गरी पेटलाई सफा गर्ने काम गर्दछ ।

मेवा खानाले मेटाबोलिज्म पनि बढ्दछ जो शरीरलाई स्वस्थ राख्न सहयोग गर्दछ । साथमा यसले तौल कम गर्न प्रभावकारी हुन्छ । यसलाई बिहान खालीपेटमा पनि खान सक्नुहुन्छ ।

यदी तपाईंको पेट सफा नहुने समस्या छ भने पनि दैनिक मेवाको सेवन गर्न सक्नुहुन्छ । यसले मलत्यागको प्रक्रियालाई नियमित गराउने गर्दछ ।
यदी तपाईलाई पेट फुल्ने समस्या छ भने मेवाको सेवन हानिकारक हुन सक्छ । यस्तो स्थितिमा मेवा खाँदा समस्या झनै बढ्न सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved