जापानमा छुरा प्रहार र गोली हानेर ३ जनाको हत्या

नेपालभ्युज

जापानमा छुरा प्रहार र गोली हानेर ३ जनाको हत्या
प्रतिकात्मक तस्वीर ।

टोकियो । जापानको मध्य प्रान्त नागानोमा शिकार हतियारधारी एक व्यक्तिले छुरा प्रहार गरी गोली चलाउँदा बिहीबार एक महिला र दुई प्रहरी अधिकारीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तरी नागानो प्रिफेक्चरको नाकानोमा एक व्यक्तिले एक महिलालाई छुरा प्रहार गरेको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेका तिए । घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूलाई गोली हानिएको क्योदो न्युजले जनाएको छ ।

संदिग्ध पुरुष घटनास्थलबाट भागेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved