काठमाडौं। टीकापुर घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको सजाय माफीका लागि राष्ट्रपति कार्यालयमा फाइल पठाइएको छ ।
२०७२ भदौमा कैलालीको टीकापुर घटनामा संलग्न भएको भन्दै अदालतले रेशमलाई जन्मकैदको सजाय सुनाएको थियो। अदालतको फैसला मुताविक उनी कैद भुक्तान गरिरहेका छन्।
चौधरीलाई जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिमार्फत सजाय माफी गराउने तयारी भइरहेको समाचार नेपाल भ्युजले यसअघि प्रकाशित गरिसकेको छ। त्यसका लागि राष्ट्रपति कार्यालयको कानुन शाखामा चौधरीको सजाय माफीसम्बन्धी फाइल पुगेको राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले पुष्टि गरेका छन्।
चौधरीको माफीका लागि लगिएको फाइल ठूलो भएकोले अध्ययन गर्न बाँकी रहेको र अध्यनपछि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष जाहेर गरिने छ। फाइल बुधबार दिउँसो राष्ट्रपति कार्यालय पुगेको र शुक्रबार अध्ययन गरिने स्रोतले जनाएको छ।